बिराटनगर | २०७९-१२-२८ गते रातको अं. २२:४० बजे जिल्ला मोरङ बुढीगंगा गा.पा.- ४ नेमुवा स्थित नविन डिस्ट्रिव्युटर्स प्रा. लि. गोदामको झ्यालको रड काटी भित्र प्रवेश गरी २१ थान Hisense कम्पनीको ३९ ईन्चको LED TV चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त चोरीको घटनामा संलग्न जिल्ला मोरङ बुढीगंगा गा.पा.- ४ ठेगाना भएका वर्ष अं. २९ का कोशन ऋषिदेव र ऐ.ऐ. ठेगाना भएका वर्ष अं.१९ का सन्दिप कुमार ऋषिदेवलाई मिति २०८०-०१-२७ गते पक्राउ गर्न सफल भएको । पक्राउ परेका अभियुक्तले चोरी गरिएका १ थान LED आफ्नै घर नजिकै माटोले छोपेर लुकाई छिपाई राखेको अवस्थामा, ६ थान घरमै लुकाएर राखेको अवस्थामा तथा ८ थान विराटनगर, वुढीगंगा तथा सुनसरीका विभिन्न स्थानमा विक्री गरेको अवस्थामा गरी जम्मा १५ थान LED TV बरामद गरिएको।घटनाको सम्वन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।
Post a Comment