Websoft University

महानगरद्वारा सहकारीका कर्मचारीलाई लेखा व्यवस्थापन तालिम


विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि तीनदिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।

विराटनगरमा सञ्चालित सहकारी संस्थाहरुमा कार्यरत लेखा व्यवस्थापकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको हो । तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनदिने तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक श्याम घिमिरे, जिल्ला सहकारी संघ मोरबका कोषाध्यक्ष अमृतबहादुर गुरुब, राष्ट्रिय सहकारी बैंक लिमिटेड विराटनगर शाखाका शाखा प्रबन्धक प्रभु पोखरेल, महानगरको आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेललगायतले केही सहकारीका कारण समग्र सहकारीको नै बद्नाम भएको बताउनुभएको थियो । उहाँहरुले सहकारीको शाखलाई माथि उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगरमा १९३ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । १९ वटै वडामा सञ्चालित सहकारीका ३५ जना कर्मचारीहरु तालिममा सहभागी भएको महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.