Websoft University

विराटनगरमा वातावरण सम्वन्धी पहिलो पटक चित्रकला प्रतियोगिता


विराटनगर । सवैका लागि हरित तथा सफा विराटनगर नाराकासाथ विराटनगरमा वातावरण सम्वन्धी पहिलो पटक चित्रकला प्रतियोगिता भएको छ ।

विराटनगर महानगरपालिका, पर्यटन, वन तथा वातावरण मन्त्रालय, दिगो विकाश इच्स्टिच्युट योरुरेस, एनवाईसीए विराटनगर, सुनौलो अवसर युवा क्लव र नगर वाल क्लवको सहकार्यमा विराटनगरमा वातावरण सम्वन्धी पहिलो पटक एक दिवसिय चित्रकला प्रतियोगिता भएको हो ।

वातावरण सम्बन्धी ,युवा तथा वालवालिकामा काम गर्ने सस्थाले जनचेतना जगाउँने उदेश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक वातावरण सम्वन्धी पहिलो पटक चित्रकला प्रतियोगिता भएको दिगो विकाश इच्स्टिच्युटका कार्यक्रम निर्देशक अविशेक श्रेष्ठले बताए । जलवायु परिवर्तनको वास्तविक समाधान र साइकल मोविलिटीको महत्वबारे युवा तथा वालवालिका र नागरिकालाई सचेत गराउँने उदेश्यले चित्रकला प्रतियोगिताको महत्व हुने उनले बताए ।

चित्रकला प्रतियोगितामा  होलिल्याण्ड स्कुलका धिरजकुमार साह प्रथम भएका छन् । उनले २७ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन् । वुढानिलकण्ठ स्कुलका अपेक्षा राई दोस्रो र सरस्वती मावि विराटनगरकी मुस्कान कमत तेस्रो भइन् । प्रतियोतिामा विराटनगरका  २८ स्कूलका २८ विद्यार्थी सहभागि रहेका थिए ।

विजेतालाई महानगरमा प्रमुख नागेश कोइरालाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.