Websoft University

कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


बिराटनगर, असार ३ गते । रातो तारा डट कम, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा १ दिने कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेश बिराटनगरले आफ्नो बार्षिक कार्यक्रम अनुसार प्रदेश प्रहरी प्रशिक्षण कार्यक्रम अन्तर्गत अनुसन्धान तहका प्रहरी कर्मचारीहरुको लागि कानूनी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा संचालन भएको एक दिवसीय कानूनी अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय तथा झापा, मोरङ र सुनसरी जिल्लाको अपराध अनुसन्धान शाखामा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा मुख्य न्यायधिवक्ता घनेन्द्र आचार्य, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक ऋषिराम कंडेल, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया र प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.