Websoft University

चैनपुरमा उपमेयर हाफ म्याराथुन प्रतियोगिता


मोहन कुमार राई÷ जेष्ठ २० गते | संखुवासभा, चैनपुर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उपमेयर हाफ म्याराथुन प्रतियोगितामा सम्पन्न भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारका साथ  सम्पन्न शनिवार विहान भएको उक्त प्रतियोगितामा ९० जना महिला प्रतियोगिहरु मध्ये जर्सी नं. ७५ का तुलसा लिम्बूले ३५ मिनेट २० सेकेण्ड लगाएर सान्तवना, जर्सी नंं. ७४ का सन्जीमाया लिम्बूले ३५ मिनेटमा तृतीय स्थान, चैनपुर वडा नं. ९ जर्सी नंं. ९ का सयोदा कार्कीले ३४ मिनेटमा द्वितीय स्थान, र चैनपुर नगरपालिका वडा नं. १ का  जर्सी नंं १२ का जिल्हमु शेर्पाले ३० मिनेटमा हाल्फ म्याराथुन दौड प्रथम स्थान हासिल गरेका प्रतियोगिता आयोजक सदस्य रामेश्वर योञ्जनले वताउनुभयो ।

हाफ म्याराथुन प्रतियोगिता चैनपुरको जिरो प्वाइन्टबाट शुरु भएर वसपार्क, त्रिचोक , पुरानो कृषि विकास बैक, हस्पिटल चौक, क्याम्पस, शिवालय, दलपेडाँडा हूदै सिद्धकाली मन्दिर सम्मको दुरी तय गरी प्रतियोगिता सम्पन्न भएको खेल शिक्षक एवं म्याराथुन दौड सञ्चालक मोहन कुमार खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद साथै मेडल र प्रमाणपत्रले सम्मानीत गरिएको थियो । यसै गरी सडक यातायात व्यवस्थित गर्न सहयोग पु¥याउनुहुने ट्राफिक प्रहरी नविन श्रेष्ठलाई नगद रु १ हजार सहित प्रोत्साहित गरिएको नगर शिक्षा शाखा चैनपुरका प्रमुख कमल गौतमले वताउनुभयो ।  

नेपाल स्काउट चैनपुरद्धारा सडकमै तालि र सलामी अर्पन गर्दै म्याराथुन प्रतियोगी खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । प्रतियोगिहरुको सहजताका लागि आवश्यक औषधी सहितको एम्बुलेन्स, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा आयोजक टिमले सहजता मिलाएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.