Websoft University

महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण




विराटनगर जेठ २४ गते | विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेको छ ।

गर्भवती महिलासहित अन्य समस्या भएकाहरुको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिनुभयो । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो ।

कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वयमसेविकाहरुलाई साइकल वितरण गर्नुभयो । मेयर कोइरालाले महिला स्वास्थ्य स्वयमसेविकाहरुले समुदायमा गएर निस्वार्थ रुपमा काम गरेको बताउनुभयो । महिला स्वयमसेविकाहरुको कामको जति नै प्रशंसा गरे पनि कमी हुने मेयर कोइरालाको भनाइ थियो । सो अवसरमा वडाध्यक्ष सहनीले आफूले चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार साइकल वितरण गरेको जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.