Websoft University

बस आगजनीमा संलग्न ५ जना पक्राउ


बिराटनगर | रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं.-
३ नयाँ मंगलबारे स्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१-०१-०१३ प २३० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिंदा स्कुटर चालक जिल्ला झापा कमल गाउँपालिका वडा नं-२ बस्ने बर्ष ३३ को पवन सुबेदी गम्भिर घाईते भई तत्काल उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगेकोमा उपचारको क्रममा निजको मृत्यू भएको हुँदा उक्त बस चालक िल्ला झापा कन्काई नगरपालिका वडा नं.-३ बस्ने बर्ष ३२ को टंक प्रसाद सुबेदीलाई नियन्त्रणमा लिईएको । उक्त दुर्घटनाको विषयलाई लिएर घटनास्थलमा रहेका निम्न ब्यक्तिहरूले उक्त बसमा तोडफोड एवं आगजनी गरेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई आपराधिक उपद्रव कसूरमा सम्मानित मोरङजिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप भई थप अनुसन्धानको कार्य भई रहेको ।

 

पक्राउ ब्यक्तिहरू :-

१.जिल्ला मोरङ पथरी शनिश्‍चरे नगरपालिका वडा नं.१ बस्ने बर्ष १८ को प्रज्वल भन्ने गोकुल भण्डारी ।

२.जिल्ला मोरङ पथरी शनिश्‍चरे  नगरपालिका वडा नं.४ सम्झना चोक बस्ने बर्ष २८ को जिबन थापा ।

३.जिल्ला मोरङ पथरी शनिश्‍चरे नगरपालिका वडा नं.९ गिरिटोल बस्ने बर्ष २० को मानव भन्ने अनमोल राई ।

४.जिल्ला मोरङ पथरी शनिश्‍चरे  नगरपालिका वडा नं.२ नवज्योती बस्ने बर्ष २० को आयुस रिजाल । 

५.जिल्ला मोरङ पथरी शनिश्‍चरे नगरपालिका वडा नं.२ देविगन्ज बस्ने बर्ष २० को गोरे भन्ने मोहन कुमार मगर ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.