Websoft University

उद्योग संगठन मोरङद्धारा संचालित लेथ सेटर अपरेटर तालिम सम्पन्न


बिराटनगर २०८० जेष्ठ २२ गते | विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा संचालन गरेको चौविस दिने लेथ मेशिन सेटर तालिम सम्पन्न भएको छ ।

 विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता रहेको तालिमको समापनमा प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ राकेश सुरानाले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दे आएको कार्यलाई थप परिस्कृत रुपमा गर्ने जनशक्तिका रुपमा तयार गर्न उद्योग संगठन मोरङले यस प्रकारको तालिम संचालन गरेको वताए । उनले प्रत्येक तालिमलाई कर्मचारीहरुले जिवनपर्यत्न्त सिकाईको प्रकृयाका रुपमा लिई आफनो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।

 तालिमका प्रशिक्षक जयप्रकाश विश्वासले चौविस दिने तालिममा टर्निङ, फेशिङ, कटिङ, वनोट निर्धारण लगायतका विषयमा शिक्षा प्रदान गरिएको वताउदै तालिमले लेथ सेटर अपरेटरमा कार्यरत अर्धदक्ष कामदारहरुलाई थप सीप र दक्ष्ँता प्रदान गरी स्तरोन्नती गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

 वकर्स फरदर ट्रेनिङ अन्तर्गत यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिहरुका लागि संचालन गरिएको लेथ सेटर अपरेटर तालिमका सहभागिहरुलाई लेथ सेटर अपरेशन र यसका कम्पोनेन्टहरु, उपकरण संचालन विधि, प्राविधिक खराबीलाई सुधार गर्नुपर्ने पक्ष्ँ, मेशिन संचालन गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधिहरु सिकाईएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.