Websoft University

अबैध सामान बरामद


बिराटनगर, जेष्ठ २१ गते । मोरङको बिराटनगर महानगरपालिका(५ स्थितबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर(५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा  ८६९४ पिस रजनीगन्धा

 र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा फेला पारी  चोरी तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउपालिका -६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर(५ का ४२ बर्षीय अरुण यादव समेतलाई को। १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका(२ स्थितमा अवैध रुपमा भारत बाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ६ हजार मुल्य बरावरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.