Websoft University

बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण


विराटनगर | गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ ।

महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो । आज महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरुलाई मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिऊ बोका हस्तान्तरण गर्नुभयो । समूहमा आबद्ध महिलाहरुले व्यवसायिक बाख्रा पालन गरेर स्वरोजगार भएका छन् ।

महानगरले ८ दिने उद्यमशीलता र ७ दिने सीपमूलक तथा बाख्रा पालनसम्बन्धी तालिम दिएको थियो । तालिमपछि यसअघि सिलाई मेसिनसहित विभिन्न सामग्रीसमेत वितरण गरेको थियो । समावेशी समूहमा १९ जना महिला आबद्ध रहेको सचिव श्रेष्ठले बताउनुभयो । १९ जनाले नै ५ देखि ३० वटासम्म बाख्रा पालेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.