Websoft University

होस्टल व्यवसायलाई व्यवस्थित बनाउन महानगरद्वारा कार्यदल गठन


विराटनगर ÷ विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा सञ्चालित होस्टललाई व्यवस्थित बनाउने भएको छ ।

महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको छलफलले होस्टल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन कार्यदलसमेत गठन गरेको छ । वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको संयोजकत्वमा महानगरले समिति कार्यदल गठन गरेको हो । कार्यदलले होस्टललाई व्यवस्थित बनाउन कार्यविधि, नियमावलीलगायत तयार गर्नेछ ।

नेपाल होस्टल एसोसिएसन मोरङका अध्यक्ष विक्रमप्रसाद देव, महानगरको युवा तथा खेलकुद शाखाकी प्रमुख तारा शर्मा खत्री, होस्टल व्यवसायी पवित्रा बजगाईं पराजुली, प्याब्सन विराटनगर र हिसान मोरङ समितिको सदस्य रहेका छन् । त्यस्तै कार्यदलको सदस्यसचिव महानगरको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई रहेका छन् । कार्यदलले जतिसक्दो चाँडो होस्टलहरुको अवस्था, मापदण्ड, व्यवस्थापन, सुरक्षा, आचारसंहितालगायत अध्ययन गर्नेछ । होस्टलमा बस्ने विद्यार्थीहरुले होहल्ला गर्ने, लागूऔषध सेवन गर्नेलगायतका अमर्यादित कार्य गर्ने गरेको गुनासो आएका कारण व्यवसायीहरुलाई बोलाएर छलफल गरिएको मेयर कोइरालाले बताउनुभयो ।

उहाँले अहिलेसम्म होस्टल व्यवसाय सञ्चालनका लागि महानगरसित छुट्टै ऐन, कानुन र कार्यविधि नभएकाले गठित कार्यदलले सबै तयार पार्ने जानकारी दिनुभयो । मेयर कोइरालाले होस्टलको संख्यासहित स्तर निर्धारणसमेत गरिने बताउनुभयो । विराटनगरमा एक सयभन्दा बढी होस्टल सञ्चालनमा छन् । त्यसमध्ये ३० जना व्यवसायी मात्रै होस्टल एसोसिएसनमा आबद्ध भएको अध्यक्ष विक्रमप्रसाद देवले जानकारी दिनुभयो । देशभर १ हजार ६८० वटा होस्टल सञ्चालनमा रहेका छन् । अध्यक्ष देवका अनुसार उपत्यकामा मात्रै ८ सयभन्दा बढी होस्टल सञ्चालनमा छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.