Websoft University

पुस्तक परिचर्चा सँगै कविता लेखन प्रतियोगिता


मोहन कुमार राई ÷ जेष्ठ २८ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित दिलकुमारी सभा हलमा एक कार्यक्रमवीच पुस्तक परिचर्चा सँगै कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार सम्पन्न कोशी प्रदेश,प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न उक्त कार्यक्रममा फर्गेट एस्टडे प्रदेश सभा सदस्य एवं कवि श्रेष्ठको कविता संग्रह पुस्तकको पाठकीय परिचर्चा  भएको थियो । कविता संग्रहमा वर्गीय विभेद,अन्याय, विसंगती सामाजिक रुग्णता प्रतिको वितृष्णालाई कविता मार्फत उजागर गरिएको चर्चा गरिएको छ ।

 उक्त कविता संग्रहमा आइमाइ वस्ने घर, ऐठन हुने सपनाको सहर, कोरोनाले मर्दिन भन्थ्यो साथी, तिमीलाई वेहुला वनाई भित्र्याउने मन छ , भोगाई तिम्रो र मेरो, म स्वतन्त्र कैदी, युगको समाधी, रत्नकुमार फेरी पासपोर्टसँग धाउँदैछ लगायत ५७ वटा पाठकको मन छुने कविताहरु रहेको छ । विद्यार्थी जीवनमा भित्ते पत्रिकाबाट आफ्नो कृति प्रकाशित गर्न शुरु गरेका कवि श्रेष्ठ कविताले समाज बदल्दै संसार वदलनेवताउनुभयो । कवि तीर्थ श्रेष्ठ र कवि उषा सेर्चनबाट उत्प्रेरित भएको वताउनुभयो । कविताको माध्यमबाट जनतालाई सूसुचित गर्न सकिन्छ ।

 कवि श्रेष्ठ साहित्य सृजना गर्न विद्यालय स्तरदेखि नै लाग्न पाठ्यक्रमा समावेश गर्नु पर्छ, नारीहरुलाई कविताको माध्यमबाट पितृसतात्मक सोचबाट मुक्त हुनु पर्छ  दासत्वबाट कुन्ठीत भावलाई हटाउनुपर्छ  वताउनुहुन्छ ।

चैनपुरका स्थानीय साहित्य सृजनाकारहरुले समेत कविता वाचन गरिएको थियो । माधव कर्मचाय, अनिता कोइराला, हरीप्रसाद भट्टराई, भीम गदाल, सीता भण्डारी खत्री, भीमबहादुर कँडेल, अञ्जु श्रेष्ठ, प्रेम प्रसाद दाहाल, रविन्द्र नेयोङ, चन्द्रमणि दाहाल, कल्पना दाहाल, मेघनाथ भट्टराई लगायतले कविता बाचन गरेका थिए ।

कवि श्रेष्ठ द्धारा रचित कविता संग्रहको परिचर्चा नेत्र गौतम, टेकराज त्रिताल, कमला श्रेष्ठ र विनिता वोगटीले गर्नुभएको थियो  । कार्यक्रममा धनकुटाका कवि मुकुन्द प्रयास, के जी सुब्बा, र खाँदवारीका साहित्यकार तारा बहादुर बुढाथोकीले ३ ÷३ वटा कविता वाचन गर्नुभएको थियो ।   

कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्ण कुमार तामाङ, वडाध्यक्ष एवं जनप्रतिनिधिहरु  विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.