Websoft University

मेयर कोइरालाको निर्देशनपछि बसपार्कबाट सुर्तीजन्य पदार्थ बरामद


विराटनगर÷ विराटनगरस्थित बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

प्रभातकालीन अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेको भेटिएपछि महानगरका मेयर नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिनु भएको थियो । मेयर कोइरालाको निर्देशनपछि महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा पुगेको टोलीले गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । पछिल्लो समय मेयर कोइरालाले सरसफाई, विकास निर्माण, सुर्तीजन्य पदार्थ, खुल्ला रुपमा हुने माछामासुको बिक्रीवितरणलगायतको प्रभातकालीन अनुगमन गर्दै आउनु भएको छ ।

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गर्दै आएको छ । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गरेको छ । आगामी साउन १ गतेदेखि महानगरले सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र र नवीकरणसमेत नगरिने मेयर कोइरालाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.