Websoft University

महासंघको सदस्यता शुद्धीकरण अभियानलाई स्वागत गर्दै वहाना वाजी गरेर अभियान नरोक्न आग्रह

 


दमक,जेठ २६ गते | प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई स्वागत गर्दै वहाना वाजी गरेर अभियान नरोक्न आग्रह गरेको छ । 

प्रेस चौतारी जिल्ला कमिटी झापाले आज विज्ञप्ति जारी गर्दै महासंघको सदस्यता शुद्धीकरणको अभियानलाई सफल बनाउन अनुरोध गरेको हो ।पत्रकार महासंघ झापाले कुनै पनि बखेडा निकालेर सदस्यता शुद्धीकरण अभियान रोक्ने छुट नभएको भन्दै चौतारी झापाले तत्काल शुद्धीकरण अभियान निष्पक्ष स्वतन्त्र र तथ्य प्रमाणका आधारमा अघि बढाउन आग्रह गरेको छ । 

चौतारी जिल्ला कमिटी झापा अध्यक्ष मन कुमार गदाल द्धारा जारी विज्ञप्तिमा भनिएको छ –शुद्धीकरण सम्पन्न गरी पत्रकार महासंघलाई विशुद्ध पत्रकार पत्रकारको संस्था बनाउन प्रेस चौतारी झापा जोडदार माग र्गछ ।

प्रेस चौतारीले शुद्धीकरणको मुद्धामा विगत देखि नै आवाज उठाउदै आएको हुदा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा पूर्ण सहयोग रहने कुरामा आश्वस्त पार्न चाहान्छौं ।पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान प्रति स्वागत तथा सम्मान ब्यक्त गरेको जनाएको छ । अभियान सार्वजानिक भए लगत्तै प्रेस चौतारीको तर्फवाट शुद्धीकरणलाई सफल बनाउन अग्रसरता देखाएको जानकारी नै छ । पत्रकार महासंघको सदस्यता भजाएर पत्रकारिताको नाममा पेसाकै हुर्मत लिने कामहरु भइरहेको छन् । समग्र पेशाको बद्मान गरिरहेको यथार्थलाई दृष्टिगत गरी सुरु गरी गरिएको पत्रकारको सदस्यता शुद्धीकरण अभियान प्रति हाम्रो सधैं साथ र सहयोग रहेन प्रतिवदता ब्यक्त गर्दछौं । अध्यक्ष गदाल द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शद्धीकरण अभियानमा सक्रिय पत्रकारिता गरिरहेको पत्रकार प्रति पूर्वाग्रही नबन्न आग्रह गर्दै चौतारीले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अक्षरश पालना हुनु पर्नेमा जोड दिएको छ । मापदण्ड विपरित गरिएको शुद्धीकरण अस्वीकारर्य हुने भन्दै प्रेस चौतारीले मापदण्डको पूर्ण पालना गर्न माग गरेको हो । 

चौतारीले सदस्यता शुद्धीकरण मापदण्ड२०७९ विपरीत हुने गरी महासंघ झापा शाखाले नविकरण रोक्ने अनेकन प्रयसा गरेकोस्मरण गराएको छ । नविकरणका लागि कार्यालय पुगेका कतिपय सदस्यहरुलाई नविकरण नगरी फर्काएपछि प्रेस चौतारी

 झापाले नविकरण नरोक्न दवाव र निरन्तर खबरदारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष गदालले यस अघि सदस्यताका लागि आवदेन दिने पत्रकारहरुको सदस्यता स्वीकृत वा अस्वीकृत के भयो भन्दै जानकारी गराउन आग्रह समेत गरेको छन् । 

शुद्धीकरण मापदण्ड विपरीत कुनै पनि सदस्य माथि अन्याय गरेमा प्रेस चौतारी नेपाल झापा त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.