Websoft University

आपतकालीन सेवा सञ्चालन कार्यविधिसम्बन्धी छल


विराटनगर जेठ २३ गते | विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेवा सञ्चालन कार्यविधि तयारीसम्बन्धी छलफल सम्पन्न गरेको छ ।

महागरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको छलफलमा परामर्शदाता रामकुमार दाहाल र यसप्रसाद सुब्बाले कार्यविधिसम्बन्धी जानकारी दिनु भएको थियो । 

विपद आउनुभन्दा अगाडि नै के कस्ता सामग्री तयारी अवस्थामा राख्ने, प्रयोगका विधि, जनशक्तिको व्यवस्थापनलगायतका विषयमा उहाँहरुले जानकारी गराउनु भएको थियो । बाढी, आगलागीसहित बहुप्रकोपबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै कार्यविधिमार्फत न्यूनीकरण गर्ने महानगरको योजना रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.