Websoft University

स्वर्गीय नेता मनमोहनको आर्दशलाई सबैले अनुशरण गर्नुपर्ने


विराटनगर , १६ असार | मनमोहन प्राविधिक विश्वविद्यालयकवा उपकुलपति स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकोले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन ।

१०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएका हुन ।

उपकुलपति पोखरेलले मनमोहनको त्याग  र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यावस्था ढलेर देशमा प्रजातान्त्र पुर्नस्थापित हुन सफल भएको हो भने । उनले स्वर्गीय नेता मनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकाल हालसम्म देशकै रोलमोडल बन्न सफल भएकोमा आफुलाई गर्व लागेको बताए । भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षापेमी भएकोले उनकै परिकाल्पानालाई सार्थक बनाउन मनमोहन पोलिटेक्निकदेखी हाल प्राविधिक विश्वबिद्यालय बन्न सफल भएको स्मरण गरे ।

एमटियु (  मनमोहन टेक्निकल युनिभर्सिटी) का रजिष्टार डा दिलनाथ फुँयालले स्वर्गीय आर्दश साझा नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकोले उनलाई कुनै एउटा पार्टीको चश्मा लगाएर मात्र हेर्नु गलत हुने बताए । ‘आर्दश नेता मनमोहन लोभलालच मुक्त्त नेता थिए यसैले उनको योगदानलाई अहिलेका सबै नेता र कार्यकर्ताहरुले अनुकरण गर्नुपर्दछ’ , रजिष्टार फुँयालले भने ।

मोरङ बुढीगंगा गाप ४ हात्तीमुढा स्थित प्राविधिक विश्वबिद्यालमा मनमोहन जयन्तीको अवसरमा विश्वबिद्यालयको ईन्जिनियरिङ  संकायतर्फको स्नताक तह र आंगिक क्याम्पस पोलिटेक्निकतर्फका उत्कृष्ट विद्यार्थीहरुलाईसम्मान सहितप्रमाणपत्र वितरण गरिएको थियो  । 

कार्यक्रममा एमटियुका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार दिलनाथ फुुँयाल , ईन्जिनियर संकायका डिन प्राडा प्रचण्डमान प्रधान  , ईलेक्ट्रिोनिक्स विभागिय प्रमुख डा दिपरत्न डंगोल , निमित्त परिक्षा नियन्त्रक भिम काफले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदिप अधिकारी लगायतले बिद्यार्थीहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए । साथै मनमोहन जयन्तीको अवसरमा उनको सम्झनामा माल्यार्पण गर्दै  विश्वविद्यालयमा बृक्षारोपण पनि गरिएको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.