Websoft University

कोवासका विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यक्रम


विराटनगर ÷ विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ ।

कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले सकारात्मक सोच, सफलताका सूत्र, व्यक्तित्व विकासलगायतका विषयमा केन्द्रित रहेर विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो । कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच, आत्मविश्वास, मेहनत, निरन्तरता जरुरी रहेको नवोदितले बताउनुभयो । 

कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले व्यक्तित्व र नेतृत्व विकासका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । कलेजका प्राचार्य केवल पोखरेलले विद्यार्थीहरुको चौतर्फी विकासका लागि कलेजले ध्यान दिएको बताउनुभयो । उहाँले अध्ययनसँगै विद्यार्थीहरुमा अन्य क्षेत्रको पनि ज्ञान हुनु जरुरी देखेर विषयविज्ञलाई निमन्त्रणा गरेर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा ७० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । उत्प्रेरणा कार्यक्रमबाट आफूहरुमा परिवर्तनको महसुस भएको विद्यार्थीहरुले बताएका थिए । विनोद मण्डलले अहिलेदेखि नै लक्ष्य निर्धारण गरेर अगाडि बढेमा सफल हुनेजस्ता धेरै विषयमा जानकारी भएको प्रतिक्रिया दिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.