Websoft University

१७ औं स्थापना दिवस दमकमै रक्तदान कार्याक्रम सम्पन्न


 दमक | डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकले आज विभिन्न कार्यक्रम गरी  स्थापना दिवस मनाइएको छ । 

डाँफेले आफनो १७ औं स्थापना दिवस दमकमै रक्तदान, दन्त शिविर र शेयर सदस्य पुरस्कृत  लगायतको कार्यक्रम गरी मनाएको हो । कार्यक्रममा संस्थामा कारोवार गर्ने उत्कृष्टबचतकर्ता,वाल बचतकर्ता ,उत्कृष्ट ऋणलगायतका३८जना शेयर सदस्यहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा राजकुमार श्रेष्ठ,दिपक चौधरी,रञ्जना श्रेष्ठ ,राजकुमार गुप्ता ,कल्याणी राजवंशी ,राजकुमार शर्मा ,वाल बचतमा विज्ञान बस्नेत ,अन्य बचतमा अनमिका बस्नेत र विनिय तुलाधर लगायत रहेको डाँफे साकोसका उर्लावारी सेवा केन्द्र प्रमुख लक्ष्मी प्रसाद भटराईले जानकारी दिनु भयो । 

स्थापना दिवसमा भएको कार्यक्रममा ४४ जनाले रगत दान गरेको छन् । सोही कार्यक्रममा भएको दन्त शिविरमा ६६ जनाले दन्त परिक्षण गराएको डाँफेले जनाएको छ । दन्त परिक्षणमा गिजाको समस्या, दाँत किराले खाने लगायतका समस्या भेटिएको शिविरमा स्वास्थ्यकर्मीको नेतृत्व गरेर आउनु भएका डा. स्मारक दाहालले जानकारी दिनु भयो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले संस्थाको वर्तमान अवस्थाकोवारे जानकारी दिनु भएको थियो । सहकारी क्षेत्रको वारेमा फैलिएको गलत हल्लाको विषयमा प्रष्ट पार्दै त्यसको पछि नलाग्न शेयर सदस्यलाई आग्रह गर्नु भयो । ऋणी शेयर सदस्यले लगेको ऋणको ब्याच ,किस्ता नबुत्रझाए अन्य शेयर सदस्यको निपेक्षप फिर्ता गर्न समस्या हुने अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सासद होम बहादुर थापाले शेयर सदस्यको आर्थिक समृद्धि नै सहकारीको सफलता भएको बताउनु भयो । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था दमक अध्यक्ष विमल वराल ,दमक नगर पालिका सहकारी संस्था शाखा अधिकृत इच्छा राम चौलागाई र मेची बहुउदेश्यीय सहकारी संस्थाका राजेन्द्र दाहाल लगायतले शेयर सदस्यले सञ्चालक समिति र कर्मचारीलाई सकारात्मक पक्षवाट खबरदारी गर्नृ पर्नेमा जोड दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.