Websoft University

बाबरी–बेल्दोभान सडक खण्डमा ग्राभेल हुदै


 श्याम राई, उदयपुर -गाईघाट, २२ असार | वर्षायाममा सधै भरि हिलाम्मे भैरहने बाबरी–बेल्दोभान सडक खण्डमा ग्राभेल गरिएपछि स्थानीय बासिन्दाहरुलाई आवत जावत सहजत भएको छ । ग्राभेल बाटो नहुदा सधै दुःख पाउँदै आएका सो क्षेत्रका बासिन्दाहरुले बिहीबारदेखि यातायातका साधन उपयोग गर्न पाएकाछन् । बाटो राम्रो भएपछि सवारी धनीहरुले स्थानीयहरुको लागि भन्दै ट्याक्सि संचालनमा ल्याएकाछन् ।

जिल्ला पूर्वधार कार्यालय उदयपुरले ठेक्का मार्फत उक्त सडक खण्डको बोक्से चिसापानी देखि बेलदोभान सम्म २.५ किलोमिटर सडकमा ग्राभेल ९० मिटर, आरसिसि ढलान र १ सय ११ घन मिटर ग्यावियनको काम सम्पन्न गरेपछि स्थानीयले बर्सौदेखि भोग्दैआएकोसमस्या हल भएको छ ।

आनन्द कन्ट्रक्सन प्रालिले भ्याट सहित २४ लाख रुपैयामा कामको जिम्मा पाएको १ महिना भित्रै काम सम्पन्न गरेको साईट ईन्चार्ज ईन्जिनियर केसब विसिले बताए । बाटो ग्राभेल नहुदा हिंडनलाई निकै समस्या हुने गरेको र स्थानीयहरुको माग बमोजिम सडक ग्राभेल गरिएको उनले बताए । स्थानीय विष्णु मगरले बाटो ग्राभेल गरिएपछि आवत जावतमा सहज भएको बताए । बेलदोभानका शिक्षक राम वहादुर वाईङ राईले बाटो राम्रो नहुदा विगत वर्षमा निकै समस्या हुने गरेको बताए ।

म धेरै पटक वर्षाको समयमा विद्यालय जान पाउँदिन थिए । उनले भने । अब भने तेस्तो समस्या भएन । निर्माण व्यावसायी अनिल खड्काले निर्धारित समय अगाडी नै काम सम्पन्न गरेको बताए । हिंडनै समस्या थियो, तेहि भएर रफ्तारले गरेर चाँडो काम सकेको उनले बताए ।

 

                                                 

               

 

                                                           

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.