Websoft University

मेयर मेयर कोइरालाद्वारा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन


विराटनगर ÷ विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ ।

महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताउनुभयो । विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गर्नुभयो ।

यस्तै महानगरपालिकाकी उपमेयर कार्कीले बसपार्कमा यस आर्थिक वर्षको योजनामा स्तनपान र धुम्रपान क्षेत्रको निर्धारण गरी कक्ष निर्माण गर्ने बताउनुभयो । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले बस टर्मिनललाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । बस टर्मिनल व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठले बसपार्क व्यवस्थापनमा सहयोग गरेकाले महानगरपालिकालाई धन्यनवाद ज्ञापन गर्नुभयो ।

उद्घाटन समाहरोमा वडा प्रहरी कार्यालयका प्रमुख डीएसपी विजय श्रेष्ठ, बस व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठ, नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेश अध्यक्ष किशोर धमलालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कोइरालाद्वारा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.