Websoft University

वाढिपिडितलाई टेवा नेपालको सहयोग


मोहन कुमार राई ÷ चैनपुर आषाढ २२ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित विभिन्न भागमा बाढीले आंशिक तथा पूर्ण रुपमा क्षती पु¥याएका बाढीपहिरो पिडितहरुलाई टेवा नेपाल ललितपुरले सहयोग राहत प्रदान गरेको छ ।

चैनपुर नगरपालिका स्थित वैशाख ३  गते परेको अविरल वर्षा सँगै वडा नं. १ र ४ का विभिन्न भागमा धनजनको क्षती प¥याएको थियो । उक्त स्थानमा क्षती पु¥याएका २३ घर परिवारलाई शुक्रवार आज चैनपुर नगरपालिका कार्यालय प्राङ्गणमा सिद्धकाली महिला सशक्तिकरण  महिला समितिले टेवा नेपाल ललितपुरको रु ५ लाख बराबरको आर्थिक सहयोगमा खाद्यन्न,फिल्टर, थर्मस, व्ल्याङ्गकेट, झुल लगायतको  राहत सामग्री प्रदान गरिएकोसंस्थाकाअध्यक्ष हेमकुमारी चौहानले वताउनुभयो ।


उक्त वितरण गरिएको खाद्यन्न सामग्रीहरुमा चामल १ बोरा, भुजा १ बोरा, खाने तेल १ कार्टुन, दाल, नुन, चिनी, साबुन लगायतको सामग्री रहेको संस्थाका सचिव नमिता काफ्लेले जानकारी दिनुभयो ।

पिडितलाई सामग्रीहरु हस्तान्तरण गनुहुँदै चैनपुर नगरपालिका नगरप्रमख कृष्ण कुमार तामाङले खाद्यन्न सामग्री भन्दा पनि पिडितलाई आवास निमार्णको लागि सहयोगको आवश्यता रहेकोले सहयोगी दाताहरुलाई आवास निर्माणमा जेजति सकेको सहयोग गर्न अनुरोध गर्नुभयो । नगर प्रमुख तामाङले राहत सहयोग एकदुवार प्रर्णालीबाट नै वितरण गर्न नगर सँग समन्वय गर्नुपर्ने जानरकारी गाउनुहुँदै पिडितलाई बासबसने ठाउँकै समस्या रहेकाले घर निमर्णमा जति सकिन्छ सहयोग गर्न अनुरोध गर्दै थप छुटेका नामवली समेत प्रदेश सरकारलाई पठाइएको जानकारी दिनुभयो ।

उक्त राहत प्राप्त गर्ने बाढी पहिरोपिडितहरु चैनपुर ४ प्याङ्कोटका खड्गबहादुर बुढाथोकी, सागर राई, अम्मरबहादुर तमाङ, अमृत राई, मणिकुमार राई, जीतमाया राई, धनकुमारी राई, देशबहादुर राई प्रेमबहादुर राई, पुष्पबहादुर पौडेल, खडगबहादुर पौडेल, रामबहादुर तामाङ, मनोज राई, सन्दीप राई, मंगलबहादुर राई, विष्णुमाया तामाङ रहेका छन । यसैगरी चैनपुर ४ दोभानेका बलिमाया लिम्बु, रत्नबहादुर राई, प्रकाश राई रामधनु लिम्बु, धनबहादुर तामाङ, गणेशबहादुर लिम्बु रहेको छन् । यसै गरी चैनपुर नगरपालिका वडा नंं १ नुनढाकीका रामबहादुर राई रहनुभएको छ । पिडित धेरैजसोको घरबार विहिन हुनका साथै जग्गा जमिन, खेतीवाली समेत नष्ट भई पूर्ण रुपमा क्षती भएका छन् भने कति पिडितको आंशिक रुपमा क्षती पगेको छ । नगरपालिकाको वडा नं १, ४ र ११ मा बढीले क्षती पु¥याएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.