बिराटनगर | २०८० असोज ११ गते बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएकोछ |
झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय भयो ।
उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय भयो ।
कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भयो ।
प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय भयो ।
सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय भयो
२०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागर्ड समुदायलाई सार्वजनिक विदा दिने निर्णय भयो ।
Post a Comment