बिराटनगर | नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली र छठ पर्वको समयमा यात्रा गर्ने यात्रुहरूको सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्ष (Passenger Help Desk) संचालनमा ल्याईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, मातहतका प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह भई रहेको ।
Post a Comment