Websoft University

गुरुङको अध्यक्षतामा एनआरएनए दक्षिण कोरियाको कमिटी गठन


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको कमिटी गठन गरिएको छ । निक ट्राभलमा भएको भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरिएको हो ।  

भेलालाई सम्बोधन गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संस्थामा देखा परेको समस्या समाधानको लागि आफूले निकै पहल गरेको तर अर्को पक्ष पन्छिएपछि कमिटी गठन गर्नुपरेको बताए । 
“संस्थाभित्रको समस्या समाधानको लागि हामीले निकै पहल गरेका थियौँ तर अर्को पक्ष तयार भएन । कोरियामा रहेका नेपालीहरुको हक अधिकारको पक्षमा लड्न कमिटी गठन गरिएको हो” कुँवरले भने । उनले कोरियामा रहेका नेपालीहरुको हक अधिकार र सन् २००६ मा गठन भएको संस्थाको निरन्तरताको लागि कमिटी गठन आवश्यक भएको बताए । 
लामो समयसम्म नेतृत्व गरेका कुँवरले स्थापनकालदेखि हालसम्म एनआरएनए कोरियाको अभिभावकत्व गर्दै आएका छन् । 
भेलाले परिषद्का उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन गरेको छ । 
यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।
त्यस्तै भेलामा अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिव जुनु गुरुङले नव निर्वाचित समितिलाई बधाई दिँदै एनआरएनएको निरन्तरताको लागि कमिटी गठन भएको बताइन् । 
प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमति बद्री केसी समूहले कार्यान्वयन नभएपछि एनआरएनएको एकता भाडिएको थियो । केसी समूहले सहमतिलाई लत्याउँदै अघि बढेपछि आफूहरु कमिटी गठन गर्दै कुँवर पनि अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.