Websoft University

फोहोर व्यवस्थापनका लागि योजनाबद्ध रुपमा काम भइरहेको छ ः मेयर कोइराला


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले फोहोर व्यवस्थापनका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघले आयोजना कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा घरायसी, मेडिकल र इलेक्ट्रिक फोहोर उत्पादन हुने भएकाले त्यसको व्यवस्थापन गर्ने गरी काम गरिरहेको सुनाउनुभयो । तीनवटै क्षेत्रको फोहोर व्यवस्थापन गर्ने गरी काम गरिरहेको उहाँको भनाइ थियो । तीव्र सहरीकरणसँगै फोहोर व्यवस्थापन पनि चुनौती बन्दै गएको मेयर कोइरालाले बताउनुभयो । “बस्नयोग्य सहर बनाउन पहिला त सरसफाई नै गर्नुपर्ने रहेछ,” उहाँले भन्नुभयो, “दिसाजन्य फोहोर व्यवस्थापनमा अझै चुनौती देखिएको छ ।”

त्यस्तै मेयर कोइरालाले जनताले स्थानीय सरकारलाई प्रतिपक्षका रुपमा लिने गरेको गुनासोसमेत व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारले गरेका कामको समेत जनताले अपनत्वसमेत ग्रहण नगर्ने गरेको दुखेसो पोख्नुभयो । स्थानीय सरकारसित भएको सीमित स्रोत–साधनले जनताका असीमित इच्छा र चाहना पूरा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

 सहरी फोहोर व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणमा विभिन्न नगरपालिकाका योजना र फोहोर व्यवस्थापन शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा संविधानविद काशीराज दाहाल, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, बेलबारी नगरपालिकाका मेयर तथा नगरपालिका संघ कोशी प्रदेशका संयोजक डीपी राईलगायतले सहरी फोहोर व्यवस्थापनमा चुनौती देखिएको विचार व्यक्त गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.