Websoft University

मानवसेवा आश्रममा आस्रित परिवारलाई न्यानो कपडा बितरण


बिराटनगर
कार्तिक  २२  गते । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा मोरङको बिराटनगर महानगरपालिका-१० स्थित रहेको मानवसेवा आश्रममा आस्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्युको प्रमुख आतिथ्यतामा आज भएको न्यानो कपडा बितरण कार्यक्रममा आश्रममा रहेका ६० जना महिला तथा  बृद्धाहरु र १० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो । संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्युले जाडो मौषमलाई लक्षित गरी आश्रममा आस्रित परिवारलाई न्यानो कपडा बितरण गर्नु भएको हो । 


उक्त कार्यक्रममा अध्यक्ष बास्तोलाले आस्रित महिलाहरुसंग मनोभावना समेत साटासाट गर्नु भएको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्वन्धि बिभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आईरहेको छ ।


उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीका साथै नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.