संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको हो । देउसी-भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा संस्थाले सकेको सहयोग गर्ने बताए ।
संस्थापक अध्यक्ष दाहाल, अध्यक्ष अच्युत खतिवडा, सचिव विनोद घिमिरे, सनम अधिकारी, सन्तोष अधिकारी, नवरत्न संग्रौला, चुडामणी घिमिरे (गोपाल), विषम दाहाल लगायतको उपस्थितिमा खाद्य सामग्री वितरण गरिएको थियो ।
Post a Comment