श्याम राई, उदयपुर गाईघाट, २६ चैत्र | उदयपुरको रौतामाई गाउँपालिका–४ मालबासेमा सोमबार आँगलागी हुँदा एक घर र गोठ जलेर धनमाल नष्ट भएको छ ।
गाउँ नजिकैको काउले जंगलमा डढेलोको कारण शनीबारदेखि आँगलागी भैरहेकोमा आँगो बस्तिमा फैलदा स्थानीय मिन्द्र बहादुर सार्कीको घर जल्दा लत्ताकपडा, नगद, सुन चाँदी र खाद्यणगरि झण्डै एक लाख बराबरको क्षेति भएको गाउँले दुर्गा रोकाले बताए ।
त्येसैगरि सोही ठाउँका गोबिन्द भुजेलको गुहालिमा समेत आँगलागी भएको रोकाले बताए । आँगो स्थानीय जुटेर निभाएका थिए । पशु चौपायाहरुलाई तत्कालगाउँबाट बाहिर निकालेरजोगाईएको उनले बताए ।
गाउँपालिकाले पिडित परिवारलाई राहत उपलब्ध गराएको लेखा अधिकृत भुपध्वज रायमाझीले बताए ।
Post a Comment