Websoft University

तेस्रो प्याब्सन कप- विराटनगरका चार स्कुल क्वाटरफाइनलमा


विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् ।

विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले ग्रिनल्याण्ड स्कुललाई ३–० गोलले हरायो । जितको लागि एभरेष्टका सक्षम श्रेष्ठ, समथक पाठक र रायन पोखरेलले गोल गरे । खेलको प्लेर अफ द म्याच सक्षम श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा सनसाइनस्कुलले पूर्वाञ्चललाई२–० गोललेपराजति गर्यो । जितका लागि सनसाइनका आकश पास्वानले दुई गोल गरे् । प्लेर अफ द म्याच पास्वान घोषित भए ।

तेस्रो खेलमा सगरमाथाले सिद्धार्थलाई ३–० गोलले निराश बनायो । जितका लागि सगरमाथाका समयूलाले ह्याट्रिक गरे । उनले एक्लै तीन गोल गर्दै खेलको प्लेर अफ द म्याच घोषित भए ।

चौथो खेलमा दिल्ली पब्लिक स्कुलले जेम्स स्कुललाई ३–० गोलले हरायो । जितको लागि दिल्ली पब्लिक इमान खवासले ह्याट्रिक गर्दै तीन गोल गरे । उनी प्लेर अफ द म्याच घोषित भए ।

शुक्रबारको पहिलो खेल गोदावरी र गौतम बुद्ध स्कुलबीच हुनेछ भने दोस्रो खेल स्टार र सेन्ट जोसेफ स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.