Websoft University

सुनौलो कछुवा पक्राउ


श्याम राई, उदयपुर गाईघाट, ७ असार | बेवारीसे अबस्थामा फेला परेको दुर्लभ सुनौलो कछुवालाई डिभिजन वन कार्यालय उदयपुरमा बुझाईएको छ ।

स्थानीय केही ब्यक्तिहरुले फेला पारेर नियन्त्रणमा लिएको उक्त सुनौलो कछुवालाई बिहीबार कर्मचारीहरुको जिम्मा लगाएको त्रियुगा नगरपालिका–१० का बासिन्दा निर्माण ब्याबसायी सुभाष भट्टराईले     बताए ।

डिभिजन वन अधिकृत डा.ईन्द्र सापकोटाले उक्त कछुवा निकै दुर्लभ रहेको बताए ।सुनौलो रंगको कछुवा अब निकै कम मात्रामा पाईने उनले बताए । यो कछुवा लोप हुने अबस्थामा पुगेको छ । यसलाई संरक्षण नगरे कुनै पनि बेला पृथ्वीबाट हराएर जाने सापकोटाले बताए ।

डिभिजन कार्यालयले कछुवाको बासिस्थानमा लगेर छोड्ने तयारी गरेको जनाएको छ ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.