Websoft University

योग दिवसका अवसरमा विविध कार्यक्रम


विराटटनगर |  १० औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा आयोजित कार्यक्रममा योग प्रशिक्षक शोभा कोइरालाले ज्येष्ठ नागरिकहरुलाई एक घन्टा योगाभ्यास गराउनुभयो । त्यस्तै विगतमा विभिन्न रोगबाट पीडित भए व्यक्तिहरुले योग गरेपछि निको भएको भन्दै स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको बताएका थिए ।

कार्यक्रममा राम कोइराला, श्याम मेहताले नियमित योग गरेकै कारण आफूहरु रोग लागेर पनि पूर्ण निको भएको बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताउनुभयो । उहाँले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पु¥याउने दाबी गर्नुभयो । स्वस्थ रहन योग अति नै जरुरी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, सञ्चारकर्मी माधव अधिकारीलगायतले योगको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी कमला कँडेल र कृष्ण कँडेलले ज्येष्ठ नागरिक भवनका लागि १६ हजार ५ रुपैयाँ प्रदान गर्नुभएको थियो । उहाँहरुलाई मायाको चिनो दिएर सम्मानसमेत गरिएको थियो ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.