Websoft University

१४ जना हजामहरुलाई कपाल काट्न प्रयोग गरिने सामाग्रीहरु बितरण


श्याम राई, उदयपुर  गाईघाट, ७ असार | त्रियुगा नगरपालिका वडा नम्बर १२ ले नगर क्षेत्रमा रहेर सैलुन संचालन गरिरहेका १४ जना हजामहरुलाई कपाल काट्न प्रयोग गरिने सामाग्रीहरु बितरण गरेको छ ।

वडा कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष अनिता थापाले ४० हजार बराबरको कैंची, काईयो, एप्रोन, सेभिङ्ग मेशिन लगायतका सामाग्रीहरु बितरण गरेकी हुन् । उनले सो अबसरमा केही गर्न खोज्नेहरुको लागि सामाग्री बितरणले केही मद्धत पुग्न गएको बताईन् । अब आगामी बर्ष देखि वडाले रोजगारी सृजना गर्ने उदेश्यबाट अन्य क्षेत्रमा समेत सहयोग गर्न लागेको थापाले बताईन् ।

थापाले नेपाल नाई संघका जिल्ला अध्यक्ष हिरालाल ठाकुरलाई समेत केही सामाग्रीहरु उपलब्ध गराएको वडा सदस्य लक्ष्मि चौधरीले बताए । अध्यक्ष ठाकुरले नगरपालिकाले पहिलो पटक हजामहरुको लागि सामाग्री बितरण गरेकोले आफूहरु खुशी भएको बताए । अहिले सम्म हामीहरुले केही सहयोग पाएका थिएनौ, यो पटक वडाले सम्झिएर सहयोग गरेकोमा आभारी भएका छौ । ठाकुरले भने ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.