Websoft University

विराटनगर क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप महानगरद्वारा तथ्यांक संकलनमा खटिएका गणकहरू सम्मानित


विराटनगर | विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् ।

करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांकमा उल्लेख थियो । अभियानपछि महानगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरूको संख्या २ हजार ७ सय २० जना पुगेको छ ।

सोमबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित वडाध्यक्ष कुमार पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपानेको उपस्थितिमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको रिचिङ टु मिसिङ २०८०÷०८१ को प्रगति विवरणप्रस्तुतीकरणकाक्रममा तथ्यांक सार्वजनिकगरिएको थियो । महानगरले १९ वटै वडामा स्वयमसेविकाहरू परिचालन गरेर गत चैत ४ देखि जेठ ५ गतेसम्म तथ्यांक संकलन अभियान गरेको अपाङ्ग

रोकथाम कार्यक्रमकी सम्पर्क व्यक्ति मीना अधिकाारीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले १९ वटै वडामा जनता बहुमुखी क्याम्पस, कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, मोर्डन एरा स्कुल र गोल्डेन मल्टी टेक्निकल कलेजका विद्यार्थी र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको थियो । नयाँ थप भएका मध्ये सबैभन्दा बढी वडा नम्बर १२ मा फेला परेका छन् । वडा नम्बर १२ मा १४८ जना र सबैभन्दा कम वडा नम्बर ७ मा १९ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन् । नयाँ पत्ता लागेका अपाङ्गतामध्ये २ सय ८१ जनाले अपाङ्गतासम्बन्धी कार्ड प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्कीले महानगरअन्तर्गतका सबै भवनहरूलाई अपाङ्गता बनाउने योजना सुनाउनुभयो । अब नयाँ बन्ने सबै भौतिक संरचनालाई अपाङ्मैत्री बनाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो । महानगरले अपाङ्गताका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको सुनाउनुभयो । 

करुणा फाउण्डेशनका निर्देशक योगेन्द्र गिरीले अपाङ्गताका क्षेत्रमा विराटनगर महानगरपालिकाले अत्यन्तै राम्रो कार्य गरेको बताउनुभयो । सो क्रममा तथ्यांक संकलनका लागि खटिएका क्याम्पस र स्वयमसेविकाहरूलाई सम्मानसमेत गरिएको थियो । महानगरका मेयर नागेश कोइरालाले खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । तथ्यांक संकलन गर्न १ सय २० जना गणकहरू खटिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.