Websoft University

डम्पिङ साईडको अभाबमा नगरक्षेत्रको फोहोरमैलाको अस्थायी रुपमा ब्याबस्थापन गरिदै आएको बिशनपुरको खोला किनारमा घेराबेरा लगाउन शुरु


 श्याम राई, उदयपुर गाईघाट, १६ असार | डम्पिङ साईडको अभाबमा नगरक्षेत्रको फोहोरमैलाको अस्थायी रुपमा ब्याबस्थापन गरिदै आएको बिशनपुरको खोला किनारमा घेराबेरा लगाउन शुरु गरिएको छ ।

अबस्थित रुपमा फोहोर थुपारीदा बस्तिमा दुर्गन्ध फैलिएर रोगब्याधी फैलन सक्ने भन्दै स्थानीय बासिन्दाहरुले केही दिन अगाडी बिरोध जनाउँदै उक्त क्षेत्रमा फोहोर फ्याक्न अबरोध गरेपछि नगरपालिकाले तत्काल सो क्षेत्रमा घेराबेरा गरेर फोहोरको ब्याबस्थापन गर्ने प्रतिबद्धता गरे अनुसार शुक्रबारदेखि काम शुरु गरिएको वडा नम्बर १२ का सदस्य लक्ष्मि चौधरीले बताए ।

नगरपालिकाले आज देखि काम शुरु गरेको उनले बताए । आगामी बैशाखदेखि डम्पिङ साईड फूलजोरमा निर्माण भएर बिशनपुरमा फोहोर फ्याक्न रोकिने उनले बताए ।

स्थानीयको माग बमोजिम फोहोरको कारण गाउँ बस्तिमा दुर्गन्ध नफैलियोस भनेर फोहोर थुपारीएको क्षेत्रमा घेराबेरा लगाउन शुरु गरिएको उनले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.