Websoft University

तेस्रो प्याब्सन कप-ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा


विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।

 विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

 जितको लागि ग्यालेक्सीका निर्णायक गोल निरज चौधरीले गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।

सोही दिन भएको दोस्रो खेललमा मोर्डन एरालले सनसाइन स्कुललाई २–० गोलले हरायो । जितको लागि अमन माझीले दुई गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए ।

 प्रतियोगिताको आइतबारको पहिलो खेल गोदावरी र सगरमाथा स्कुलबीच र दोस्रो खेल सेन्ट जोसेफ र डिपिएस स्कुलबीच हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.