Websoft University

नेपाल प्रेस युनियन उदयपुरले सोमबार पत्रकार महासंघ उदयपुर परिसरमा दुई घण्टा धर्ना


श्याम राई, उदयपुर गाईघाट, १७ असार | नेपाल प्रेस युनियन उदयपुरले सोमबार पत्रकार महासंघ उदयपुर परिसरमा दुई घण्टा धर्ना दिएका छन् ।

सदस्यता बिबादमा आन्दोलनरत युनियनको केन्द्रिय निर्णय अनुसार आजा देश भरि नै ११ बजेदेखि १ बजेसम्म पक्रकार महासंघको शाखा, प्रदेश र केन्द्रमा युनियन आबद्ध पत्रकारहरुले धर्ना दिएका हुन ।

पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेको सदस्यता काटेर चोर बाटोबाट सदस्य थपगरि मतदाता नामाबाली सार्बजनिक भएपछि युनियन आन्दोलनमा उत्रिएको हो । युनियनले महासंघको बिधान बिपरित थपिएका गैर पत्रकारहरुलाई सदस्यताबाट हटाउनु पर्ने, महासंघकै शाखा र प्रदेशले गरेको सिफारिस सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आबेदन दिएका सदस्यहरुको सदस्यता कायम गर्न माग गर्दै युनियनले केन्द्रिय कार्यालयमा तालाबन्दिगरि आन्दोलनमा उत्रिएको उदयपुर शाखाका सचिब विश्वबाबु तामाङंले बताए ।

 

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.