Websoft University

मुख्यमन्त्री कार्कीद्वारा भानु जयन्तीको शुभकामना व्यक्त


विराटनगर असार २९ गते | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतको एकतामा ठूलो योगदान गर्नुभएको बताउनुभएको छ । 

आदिकवि भानुभक्त २११औँ  जन्म जयन्तीका अवसरमा मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै नेपाली भाषाको आदिकविका रूपमा चिनिने उहाँलाई बिर्सिएर नेपाली साहित्य पूर्ण हुन नसक्ने बताउनुभएको हो । 

‘सरलता, धार्मिकता र राष्ट्रियताको अद्भुत एकता झल्काएर लेखिएका उहाँका साहित्य हाम्रा लागि प्रेरणाका स्रोत हुन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली भाषाको आदिकविका रूपमा चिनिने उहाँलाई बिर्सिएर नेपाली साहित्य पूर्ण हुन सक्दैन । नेपाली वाङ्मयका नेपाली लेखक कविहरूका आधार स्तम्भ भानुभक्त नै हुनुहुन्छ ।’

मुख्यमन्त्री कार्कीले भानुभक्तले सांस्कृतिक एकीकरण गरेर नेपाली भाषालाई एउटै मालामा गाँसेको बताउनुभएको छ । भानुभक्तले रचना गरेको रामायणदेखि विभिन्न धार्मिक वा ऐतिहासिक छन्दात्मक ग्रन्थहरू आज समाजको सम्पत्तिको रूपमा स्थापित भइरहेको उहाँले बताउनुभयो ।

नेपाली साहित्यमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृ प्रेम, भातृत्व, दाम्पत्य, कर्तव्य, देश प्रेमजस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूतिजस्ता सम्मान पाउनुभएको मुख्यमन्त्री कार्कीले स्मरण गर्नुभएको छ । 

कोशी प्रदेश सरकार विगत देखिनै भाषा, साहित्यको उत्थान र प्रवर्द्धनमा लाग्दै विभिन्न कामहरू गरिरहेको बताउनुहुँदै उहाँले प्रदेशका स्रष्टाहरूलाई सम्मान गरेर यो क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो ।  

सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्दै मुख्यमन्त्री कार्कीले भानुभक्तको जन्म जयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भासाभासी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.