Websoft University

बुधबार बिहान बृहत् रुपमा तुलसी रोपन कार्यक्रमको आयोजना हुने


श्याम राई, उदयपुर  गाईघाट, १ श्रावण | त्रियुगा नगरपालिका–४ बगाहस्थीत अरुणा पुष्प बाटिकामा भोलि बुधबार बिहान बृहत् रुपमा तुलसी रोपन कार्यक्रमको आयोजना हुदैछ ।

हरिशयनी एकादशीको अबसर पारेर उक्त कार्य गर्न लागिएको बाटिकाका अध्यक्ष सन्तोष काईरालाले बताए ।

बाटिका परिसरमा ९० जना दाताहरुले निर्माण गरिदिएको ९० वटा तुलसीमोठमा तुलसी रोप्नको लागि दाताहरुलाई निम्तो गरिएको अध्यक्ष कोईरालाले बताए । 

कार्यक्रममा सबै वडा बासिहरुलाई समेत उपस्थितिको लागि अनुरोध गरिएको छ । दाताहरुले तुलसीको बिरुवा आफैले ल्याएर रोप्न भनिएको कोईरालाले बताए । उनले यो कार्यक्र जिल्लामै पहिलो रहेको बताए ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.