Websoft University

महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन


विराटनगर |  विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ ।

डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।

 स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवका अनुसार टायरमा जमेको पानी, स्थिर रुपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको डा. यादवको भनाइ छ ।

विराटनगर महानगरपालिकामा डेंगुको संक्रमण नफैलियोस् भनेर  ‘खोज र नष्ट अभियान’ महानगरलाई तीव्रता दिएको मेयर नागेश कोइरालाले बताउनुभयो । मेयर कोइरालाले महानगरका १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेंगु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले डेंगुको संक्रमण फैलिन नदिन टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि पानी जम्न नदिन महानगरवासीलाई आग्रह पनि गर्नुभयो । महानगरमा हालसम्म १ जनामा डेंगुको संक्रमण देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.