Websoft University

संस्कृतिनै देशको पहिचन हो - कोइराला


सीतल आचार्य - 
काठमाण्डेो असार १८ गते | गत जुन २७ देखी जुलाई १ सम्म आयोजित मकोम कला अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला 'रामचन्द्र' नेपाल फर्किनु भएकोछ। 

उज्बेकिस्तान सरकार संस्कृति  मन्त्रालयको बिशेष  निमन्त्रणामा कोइराला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उज्बेकिस्तान पुगेका हुन।    ५ दिन सम्म चलेको सम्मेलनको उद्घाटन उज्बेकिस्तान का राष्ट्रपती सम्मानानीय श्री शवकत मिर्झियोयेवले गर्नु भएको थियो भने सम्मेलनको आयोजना संस्कृति  मन्त्रलएले गरेको थियो।   विश्वको ८० भन्दा बढी देश बाट उपस्थित संस्कृतबिद्धरु, कलाकारहरु तथा प्रतिनिधिहरुको बिचमा नेपाली परम्परागत एवं मौलिक लोककला र लोकसंस्कृतिको बिषयमा तयार पर्नु भएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। 

जसरी उज्बेकिस्तनले आफ्नो मकोम कलालाई सम्बर्धन तथा प्रबर्दन गर्दै विश्वालाई मकोम कलाको बारेमा प्रचारप्रसार  गराउदै आएको छ त्यसले हरेक देश ले आफ्नो कला सस्कृतिकीको सम्बर्धन तथा प्रबर्दन गर्दै युव पिढिलाइ  हस्तान्तरण  गर्ने बाताबरण  बनाउनु पर्छ भनेको कुरा लाई आफ्नो कार्य पत्रमा अली जोड दिएको कुरा कोइरालाले बताउनु भयो। संस्कृति  नै देशको पहिचन हो यसको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्न सधैं सरकारको मात्रा मुख नताकी संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन  हामी सबैको  सझा कर्तब्य हो सम्मेलनमा भन्नु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.