Websoft University

प्रदेश स्तरीय कबड्डी सुरु


विराटनगर, असार १७ गते | मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझै बन्न नसकेको बताए । उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकार र प्रदेश खेलकुद वोर्डले प्रयास गरिरहेको दाबी गरे ।

कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘खेलाडीहरुलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ ।’

सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबारी खेल्दै १–१ अंक बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता रहेको छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् ।

त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डले विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरेर झापाको दमकस्थित हिमालय माविमा ३ दिने ‘महिला सेल्फ डिफेन्स’ आत्मरक्षा तालिम सम्पन्न गरेको छ । पछिल्लो समय महिलाहरु हिंसामा बढ्न थालेकोले खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १ सय ३५ जना छात्राले सहभागिता जनाएका थिए । यो अभियान अन्य जिल्लामा हुने खेलकुद बोर्डले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.