Websoft University

कोशी प्रदेशमा सवै भन्दा धेरै परीक्षामा सामेल भए विराटनगरको शिक्षादीप कलेजमा


विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने विद्यार्थीलाई आज(बुधबार) प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको परीक्षामा ८ सय सिटका लागि लिएको परीक्षामा २ हजार ३ सय २७ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाले धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्ना हुन सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए । पैसाको अभावमा पढ्न चाहने विद्यार्थीहरुलाई निशुल्क पढाउँने प्रिन्सिपल खडकाका बताए । सरकारी स्कूलबाट उत्कृष्ट तीनमा पर्ने विद्यार्थी तथा जेहेनदार विद्यार्थीलाई समेत पूर्ण छात्रवृद्धि पद्रान गर्ने प्रिन्सिपल खडका बताए ।

कोशी र मधेश प्रदेशमा सवैभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षमा सहभागी भइै शिक्षादीप कलेज पहिलो रोजाईमा परेका अभिभावक तथा विद्यार्थीलाई हार्दिक प्रकट गर्दछु उनले भने ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.