Websoft University

अन्तर्राष्ट्रिय द भर्चुल ब्याटल अफ ब्याण्डस् प्रतियोगिताका विजेतालाई सम्मान


विराटनगर | अन्तर्राष्ट्रिय द भर्चुल ब्याटल अफ ब्याण्डस्को पहिलो संस्करणमा प्रथम भएकोमा विराटनगरको चर्चित सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्डलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बधाईसहित सम्मान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरको प्रतिनिधित्व गर्दै प्रथम भएकोमा मेयर कोइरालाले सम्मान गर्नुभएको हो । पहिलोपटक भएको प्रतियोगितामा सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्डलाई महानगरको लोगो अंकित खादा लगाएर सम्मान गर्नुभयो । सो अवसरमा महानगरको लोगोसमेत लगाइदिनुभएको थियो । 

मेयर कोइरालाले विराटनगर औद्योगिक, राजनैतिक नगरीसँगै भाषा, साहित्य, कला, संस्कृतिको नगर पनि हो भन्ने रक ब्याण्डको सफलताले पुष्टि गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बेलाबेला हुने चित्रकला, नृत्य, गीतसंगीत कवितालगायतका प्रतिस्पर्धामा विराटनगर उत्कृष्ट हुँदै आएको चर्चा गर्दै मेयर कोइरालाले विराटनगर हरेक क्षेत्रमाअब्बल हुनुपर्नेमाजोड दिनुभयो ।

प्रतियोगितामा ७२ वटा ब्याण्डको सहभागिता रहेको सर्कलका तर्फबाट सुशील केसीले जानकारी दिनुभयो । नेपालसहित विभिन्न देशका ७२ वटा ब्याण्डलाई पछि पार्दै विराटनगरको सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्ड पहिलो भएको हो । ब्याण्डका तर्फबाट प्रयुष कोइराला, राहुल भट्टराई, रिदम रक रेग्मी, इन्द्रजित केडी,  सुबोध उप्रेती, कविस भट्टराईले सहभागिता जनाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.