Websoft University

सघमा प्रमुख कर अधिकृतको स्वागत गरी छलफल


बिराटनगर | २०८१ श्रावण ४ गते | शुक्रबार, मोरङ उद्योग व्यापार संघले आन्तरिक राजस्व कार्यालय, विराटनगरमा सरुवा भई आउनु भएका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्यज्यूलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ ।

संघका अध्यक्ष श्री अनुपम राठीज्यूले प्रमुख कर अधिकृत श्री भुपालराज शाक्यज्यूलाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा संघमा स्वागत गर्नु भएको थियो । साथै, अध्यक्ष श्री राठीले कार्यक्रममा विशेष अतिथिका रुपमा पाल्नु भएका नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ, कोशी प्रदेशका अध्यक्ष श्री तिर्थ यादवज्यू र राजस्व कार्यालयका सुचना अधिकृत श्री हरि प्रसाद सेढाईज्यूलाई समेत स्वागत गर्नु भई आफ्नो स्वागत मन्तव्य मार्फत उद्योगी÷व्यवसायीहरुले कर प्रशासन अन्तरगत भोगिरहेका समस्याहरु बारे अवगत गराउनु भएको थियो ।

कार्यक्रममा उद्योगी÷व्यवसायीहरुका तर्फबाट घाटामा रहेका वासलात, ९–१० वर्ष पुरानो नन फाईलर फर्महरुका समस्या, भन्सार विन्दुमा लिइने अग्रीम आयकर, अनिवार्य अनलाईन विलिङ्ग, कर विजकमा अनिवार्य एच.एस.कोड लगायत सरकारका केहि पछिल्ला नीतिहरुबाट उद्योग÷व्यवसाय क्षेत्रमा परेका प्रभाव र अन्योलताहरु बारे छलफल गरिएको थियो ।

सो क्रममा प्रमुख कर अधिकृत श्री शाक्यज्यूले घाटा देखिने वासलात विभागले स्वीकार गर्ने गरेको जनाउनुका साथै कर वीजकको हकमा एच.एस.कोड अनिवार्य गरिएको स्पष्ट पार्नु भएको थियो । साथै, वहाँले उद्योगी÷व्यवसायीहरुले कर प्रशासन अन्तरगत भोगिरहेका अन्य समस्याहरु तथा कार्यक्रममा उठेका जिज्ञासा एवं सुझावहरु माथि पनि क्रमिक रुपले सुधार तथा सकारात्मक कदमहरु चालिँदै जाने आश्वासन दिनु भएको थियो ।

संघका महासचिव श्री संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगी÷व्यवसायीहरु, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.