Websoft University

अभिमुखिकरण कार्यक्रम सम्पन्न


बिराटनगर आषाढ १८ गते । मंगलबार, मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले सिद्धार्थ क्यापिटल लिमिटेडको सहकार्यमा Financial Literacy, Investment and SIP विषयक जानकारीमुलक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

महिला उद्यम समितिकी संयोजक श्री श्रुती शर्माज्यूको सभापतित्वमा मोरङ उद्योग व्यापार संघका उद्योग उपाध्यक्ष श्री बिकास कुमार बेगवानीज्यूको विशिष्ठ आतिथ्यतामा आयोजित सो कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका विजनेश डेभलप्मेन्ट मेनेजर श्री प्रकाश सुवेदीज्यूले सहजीकरण गर्नु भएको थियो ।

महिला उद्यमीहरुलाई  Financial Literacy, Investment and SIP विषयमा जानकारीहरु उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई संघको महिला उद्यम समितिकी सदस्य श्री जीना श्रेष्ठज्यूले संचालन गर्नुभएको थियो भने कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पदाधिकारीज्यूहरु, कार्यसमितिज्यूहरु, युवा उद्यम समिति तथा महिला उद्यम समितिका संयोजक तथा सदस्यज्यहरु, विभिन्न संघरसंस्थाका महिला उद्यम समिति संयोजकज्यूहरु तथा प्रतिनिधिज्यूहरु, विभिन्न क्षेत्रका महिला उद्यमीज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.