Websoft University

प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक


गणेश लम्साल । विराटनगर , ४ साउन | मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुदै आएको छ ।

गुणस्तरिय पठनपाठन गराएर दक्ष जनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलि प्राविधिक शिक्षाका लागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो ।

यो शिक्षालय २०७३ र २०७४ मा प्रदेश भरिको  र २०७५ र २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको छ ।

औजार उपकरणले मात्र नभै भौतिक पुर्वाधारले सम्पन्न यो शिक्षालयमा प्रविधिक शिक्षाका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिक प्रयोगशाला र  लाईब्रेरी छन ।  अनुभवी दक्ष शिक्षकहरु भएको यो शिक्षालयमा गुणस्तरिय पढाई हुनेभएकोले भर्ना हुन हरेक बर्ष विद्यार्थीको ओइरो लाग्ने गरेको छ । प्राचार्य सुदिप अधिकारीका अनुसार २६४ सिटमा भर्ना हुन हरेक बर्ष एक हजार जना भन्दा बढि बिद्यार्थीले आवेदन दिने गरेका छन ।

२०६५ मा स्थापना भएको मनमोहन पोलिटेक्निकले अहिले सम्म २५ सय जना दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गरिसकेको छ । उत्पादन भएका जनशक्त्ति व्यवहारिक रुपमा दक्ष भएकोले प्राय सबैले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय बजारमापनि पाइसकेका छन । कोही थप उच्च प्राविधिक शिक्षा पढेर विज्ञ बनिसकेका छन  ।  मनमोहन पोलिमा दिक्षित भएकाहरुले मात्र नभएर नभएकाहरुले पनि रोजगार पाउने गरेका छन । दिक्षित नभएकाहरु ीदगो हुने भएकोले उनीहरुलाई रोजगार दिन उद्योगहरुले प्राथमिकता दिने गरेका छन ।

देशकै पहिलो मनमोहन प््राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन भैरहेको मनमोहन पोलिटेक्निकमा बिद्यार्थीहरु आफै कमाएरु पढने ‘अर्न टु लर्न ’   कार्यक्रम पनि छ । यसबाहेक यो शिक्षालयले दलित , सिमान्तकृत र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति पनि दिदै आएको छ ।

 भारत सकारसँग २०६२ मा सम्झौता भई २०६५ देखी प्राबधिक बिषयमा पठनपाठन सुरु गरेको यो शिक्षालयमा २०६८ देखी र्इृलेक्ट्रिक्स मेकानिक ,सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स , आर्किटेक्चर ,ईन्फमेसन टेक्निोलोजी , अटोमावाईल्स आदि ७ वटा विषयमा डिप्लोमा तहमा पढाइ हुदैआएको छ । यहाँ दुई बर्षे डिप्लोमा तहको औधोगिक मेकानिकल कोर्ष पनि पढाई हुन्छ । यसबाहेक यो शिक्षालयमा स्थानिय र स्विस सरकारको सहयोगमा विल्डिड , मोटरसाइकल , लाईट भेहिकल ,कमप्युटर हार्डबेयर र नेटवर्किड, एसी  मर्रम्मत , टाईल मार्वल फिटिड, विल्डर , पेन्टिङ आदि १२ बिषयको मेकानिक तालिम पनि सञ्चालन हुदैआएको छ ।  

अति न्युन खर्चमा बिद्यार्थीहरुलाई कोर्ष गराईरहेको मनमोहनले हरेक बर्ष ४ जनालाई निशुल्क २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढने गरि निशुल्क पढाउदै आएको छ । चार जना बिद्यार्थी पुर्व अध्यक्ष भरतमोहनका छोरी र श्रीमतीले प्रदान गर्ने छात्रबृत्तीमा पढने गरेका छन । ३० जनाले शिक्षालयकै १० बिगाहा जमिनमा खेती गरेको आम्दानीबाट पढदै आएका छन । हरेक संकायमा ४२ जना बिद्यार्थी हरेक बर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक बर्ष १ सय ९२ जना बिद्यार्थीले ईन्जिनियरिङं बिषय पढने गर्ने गरेका छन । यसबाहेक हरेक बर्ष ५ सय बिद्यार्थीहरुले एक हप्तादेखी एक बर्षे छोटो अवधिको बिभिन्न  निशुल्क तालिमहरु पनि लिँदै आएका छन ।  

तीन पटक सरकारबाट उत्कृष्ट प्राविधिक शिक्षालय भनेर पुरस्कृत भैसकेको मनमोहन पोलिटेक्निकले सैद्धान्तिक भन्दा  बढी व्यावहारिक शिक्षामा जोड दिनेगरेको छ । यहाँबाट दिक्षित हुने बिद्यार्थीहरु प्राविधिक अनुसन्धानमा पनि दक्ष हुनेगरेका छन । 

पढिसकेपछि देशभरि जहाँपनि तुरुन्तै रोजगारी पाउन सकिने भएकोले मनमोहन पोलिटेक्निकमा पढन विद्यार्थीहरु सधै आर्कषित हुनेगरेका छन । प्राचार्य अधिकारी आफनो शिक्षायप्रति गर्वगर्दै भन्छन , ‘ भौतिक पुर्वाधारले माात्र नभएर पाठयक्रमले पनि अरु भन्दा सक्षम र सम्पन्न छौ यसैले हामी अरु शिक्षालय भन्दा अब्बल र अहिले सम्म देशकै उत्कृष्ट शिक्षालय बनिरहन सफल भएका हौ ।’

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.