Websoft University

खाँबु तोरीबारीका बिस्तापित २१ घर परिवारलाई मंगलबार राहतसामाग्री बितरण


श्याम राई, उदयपुर  गाईघाट, २ श्रावण | नेकपा एकीकृत समाजबादी उदयपुरले पहिरो पिडित खाँबु तोरीबारीका बिस्तापित २१ घर परिवारलाई मंगलबार राहतसामाग्री बितरणगरेको छ ।

पार्टीको कोशी प्रदेशका अध्यक्ष बलदेब चौधरीले बिस्तापित परिवारलाई आश्रय लिएको बिद्यालय पुगेर एक कार्यक्रमको आयोजनागरि राहत सामाग्री बितरण गरेको हो । पहिरो पिडित परिवारलाई अझै पूनर्बासको ब्यबस्था गरिएको छैन । उनीहरुलाई खाँबुस्थीत एक बिद्यालयमा राखिएको छ । चौधरीले ग्यास, खाद्ययान लगायतको सामाग्रीहरु पिडितहरुलाई उपलब्ध गराएको केन्द्रिय सदस्य राममणि पोखरेलले बताए ।

गत असार २५ गते बिहान ७ बजे माथिबाट झरेको पहिरोको कारण उनीहरु पूर्णरुपमा बिस्तापित बनेका छन् । पहिरोमा घर पुरीदा ८ बर्षिया बालिकाको घट्नास्थलमै मृत्यु भएको थियो । बालिकाको आमा घाईते भएकी थिईन् । गाउँको चारै तर्फ पहिरो गएकोले बस्तिबाट गाउँलेहरुलाई अन्यत्र सारिएको छ ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.