Websoft University

सामुदायिक बिद्यालयले बिभिन्न बहानामा बिद्यार्थीबाट चर्को शुल्क उठाउने गरेको अभिभावकको गुनासो


श्याम राई, उदयपुर  गाईघाट, ८ श्रावण | सामुदायिक बिद्यालयले बिभिन्न बहानामा बिद्यार्थीबाट चर्को शुल्क उठाउने गरेको गुनासो आईरहदा बेलका नगरपालिका–४ गुरुङचौरीस्थीत जनता नमुना माबिले भने बिज्ञान संकाय ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई पाठ्यपुस्तक सहित निःशुल्क पठ्नपाठ्न गराउदै आएको छ ।

२०७७ देखि ११÷१२ कक्षा संचालन हुँदै आएको बिद्यालयमा शिक्षा र कमर्श बिषयमा समेत पठ्नपाठ्न हुँदै आएको छ । गत बर्षदेखि बिज्ञान बिषयमा पठ्नपाठ्न शुरु गरिएको बिद्यालयका प्रअ समर राईले बताए ।

यो बर्षदेखि हामीले पठ्यपुस्तक सहित निःशुल्क पठनपाठ्न गर्ने ब्यबस्था गरेकाछौ । राईले भने । बिद्यार्थीबाट भर्ना शुल्क एक पटकको लागि २ हजार मात्र लिने गरेका छौ । उनले भने । अरु मासिक शुल्क र परीक्षा शुल्क लिदैनौ, पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराएका छौ । प्रअ राईले भने ।

बिज्ञान बिषयलाई बढी महत्व दिनको लागि मात्र नभएर बिद्यार्थीहरुले आफनै ठाउँको शैक्षिक संस्थानमा पठनपाठन गर्न चासो देखाउन भनेर बिद्यालयले यस्तो ब्यबस्था गरेको राईले बताए ।

यो सेशनमा पनि धेरै बिद्यार्थी भर्ना हुने अपेक्षा गरिएको उनले बताए ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.