Websoft University

महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण


विराटनगर | विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।

बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ ।

विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया नदी भएका कारण स्थानीयले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्दै आएका छन् । महानगरसित यसअघि रबरबोट मात्रै रहेको थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो भएको मेयर कोइराला भनाइ थियो । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो ।

परीक्षणपछि उपमेयर शिल्पा निराला कार्कीले बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताउनुभयो । उहाँले महानगरले आवश्यक महसुस गरेर खरिद गरेको उहाँको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले काठमाडौंबाट खरिद गरेर ल्याइएको मोटरबोटको परीक्षण सफल भएको प्रतिक्रिया दिनुभयो । नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार खरिद गरेको कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ । 

त्यसपछि नगर प्रहरीले मोटरबोट आफैं जडान गर्ने र सञ्चालन गर्ने पौडेलले जानकारी दिनुभयो । नगर प्रहरीका ४ जनाले बाढी र डुबानमा परेका नागरिकको मोटरबोटबाट उद्धार गर्न विशेष तालिमसमेत लिइसकेका छन् ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.