Websoft University

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार


विराटनगर | विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ ।

नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको मेयर नागेश कोइराला बताउनुहुन्छ । ‘जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र उपभोक्ता समितिहरुको सक्रियताले नै पुँजीगत खर्चमा सुधार आएको हो,’ मेयर कोइरालाले भने, ‘आगामी आर्थिक वर्ष यसमा अझै सुधार गर्नेछौं ।’ चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । १ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

महानगरले वित्तीय व्यवस्थापनतर्फ ५ करोड विनियोजन गरेकामा ४ करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत आर्थिक वर्ष ६४ प्रतिशत खर्च गरेको थियो । 

महानगरले ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको लेखा शाखाका प्रमुख संजीव भट्टराईले जानकारी दिनुभयो । ६ वटा महानगरमध्ये काठमाडौं महानगरले सबैभन्दा कम पुँजीगत खर्च गरेको छ । काठमाडौंले ५१ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.